संबैधानिक नियुक्ति खारेज नगरेसम्म चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी

२२ माघ, हेटौंडा । नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिब प्रेमबहादुर पुलामी लगायतका दाहाल नेपाल समुहले बिहिबार सिमाचोकमा भेला भई प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित संबैधानिक नियुक्ति गरेको बिरोध आफुहरु सडकमा उत्रिएर प्रधानमन्त्रीको कदमको विरोध जनाएको नेकपाकीे केन्द्रीय सदस्य कुमारी मोक्तानले बताउनुभयो । उहाँले प्रधानमन्त्रीले गरेको संबैधानिक नियुक्ति खारेज नगरीए सम्म आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । यस्तै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले प्रधानमन्त्रीले संसद विघटन गरेर संविधान माथि कु गरेपछि प्रधानमन्त्रीले संबैधानिक नियुक्ति समेत असंबैधानिक रुपमा गरेको आरोप लगाउनुभयो ।प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आमहड्तालको दिन आज मकवानपुरमा बन्दको प्रभाब परेको छ । बन्दको क्रममा पुवै पस्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिलोकपथ लगायतका सडकमा ठुला सवारीका साधन चलेका छैनन् ।