नयाँ व्यवस्थापनसहित सिन्ड्रेला ब्युटीपार्लर सञ्चालनमा

२३ माघ, हेटौंडा । हेटौंडामा नयाँ व्यवस्थापनमा सिन्ड्रेला ब्युटीपार्लर सञ्चालनमा आएको छ ।
हेटौंडा ४ स्कुलरोडमा सिन्ड्रेलाब्युटीपार्लरको शुक्रबार एक कार्यक्रमबीच बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले ब्युटीपार्लरको रिबन काटेर उद्घाटन गर्नुभएको हो । हेटौंडाको मेनरोडमा विगत लामो समयदेखि सञ्चालित सिन्ड्रेला ब्युटीपार्लर हेटौंडामै पहिलो पटक हाइड्रा फेसियलको सेवासहित खुलेको हो । २० वर्षदेखि ब्युटीपार्लर क्षेत्रमा सक्रिय सुस्मिता डंगोल र गीता खत्री बाँस्कोटाले सिन्डे«ला ब्युटीपार्लर संञ्चालनमा ल्याएका हुन् । तेस्रो मुलुकबाट ल्याएको उच्च गुणस्तरको मेकअप सामान मात्रै प्रयोग गर्ने सञ्चालक डंगोलले जानकारी दिनुभयो । डंगोल र बाँस्कोटाले २२ लाख रुपैयाँ लागतमा ब्युटीपार्लर सञ्चालनमा ल्याएका हुन् । ब्युटीपार्लरले शुक्रबारदेखि नै सेवा सुरु गरेको छ । हेटौंडामै पहिलो पटक हाइड्रा फेसियलको सेवा ल्याएको ब्यटीपार्लरले जर्मन प्रविधिकको मेसिन ल्याएर सेवा दिने तयारी भैरहेको सञ्चालक डंगोलले जानकारी दिनुभयो ।