नेपाली कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध प्रदर्शन गर्ने

२३ माघ, हेटौंडा । नेपाली कांग्रेसका शुभेच्छुक संगठनले हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा शनिबार कांग्रेसका शुभेच्छुक संगठनले विरोध प्रदर्शन गर्ने भएको हो । हेटौंडास्थित जिल्ला पार्टी कार्यालयबाट ¥यालीसहित मानसचोक, लोकप्रिय चोक हुँदै बजार परिक्रमा गरि बुद्धचोकमा विरोध सभा गर्न लागेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोईरालाले बताउनुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस, शिक्षक संघ, प्रजातान्त्रिक खेलकुद संघ, प्रेस युनियन, व्युटिशियन संघ लगायतका शुभेच्छुक संगठनका पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता थियो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला कोषाध्यक्ष गोपिलाल विश्वकर्मा सहित जिल्लाका नेताहरूको सहभागिता थियो ।