हेटौंडा गोल्डकपको उपाधि विजय यूथको पोल्टामा

२३ माघ, हेटौंडा । भिडोल विजय यूथ हेटौंडा गोल्डकपको उपाधी आयोजक एफसी विजय यूथ क्लबले जितेको छ ।
शुक्रबार सम्पन्न फाईलन खेलमा सेन्ट्रल कलेज वीएफसी भरतपुरलाई २–१ गेल अन्तरले पराजित गर्दै विजय युथले उपाधि जितेको हो । विजय युथ क्लबको जितका लागी शन्त गुरुङ र रुपेस केसिले समान एक एक गोल गरे भने सेन्ट्रल कलेज वीएफसी भरतपुरका रन्जित आले मगरले एक गोल फर्काए र । प्रतियोगिताको उपाधी बिजेताले ३ लाख तथा उपविजेताले एकलाख ५० हजार रुपैया सहित सिल्ड र मेडल प्राप्त गरेका छन् । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी र नगद सहित पुरस्कृत गरीएको थियो ।