घर जग्गा व्यवसायी संघको दोस्रो साधारणसभा सम्पन्न

२४ माघ, हेटौंडा । मकवानपुर घर जग्गा व्यवसायी संघको दोस्रो साधारणसभा शनिबार हेटौंडामा भएको छ ।
संघका अध्यक्ष ध्रुव घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले घरजग्गा ब्यबसायीहरु राज्यले तोकेको नितिअनुसार अघि बढ्नुपर्ने बताउनुभयो ।उहाँले घरजग्गा ब्यबसायमा देखिएका बिकृतिहरुको अन्त्य गर्दे अघि बढ्न ब्यबसायीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा संघका सचिव सम्भु पुडासैनीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ओलि निकट नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ ,नेपाली काङ्ग्रेस मकवानपुरका प्रवत्ता प्रदिप कोईराला ,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर लगाएतकाको उपस्तिथि रहेको थियो ।