बकैया गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारी पुरा

२४ माघ, हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषण गरीने भएको छ ।
शनिबार गाँउपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दे बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषण गर्ने सम्पुर्ण तयारी पुरा भएको गाँउपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो ।गाँउपालिकाकाले बालमैत्री स्थानिय शासनका ३९ वटा सुचकहरु मध्ये १९ वटामा सत प्रतिशत र २० वटा सुचकहरुमा ९८ प्रतिशत सफलता प्राप्त गरेको अध्यक्ष खनालले बताउनुभयो । माघ २९ गते बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गरीने गाँउपालिकाका अध्यक्ष खनालले बताउनुभयो । गाँउपालिकाकाले बालमैत्री स्थानिय तह घोषणा गर्न अघिल्लो वर्ष ५० लाख र यस वर्ष ८० लाख रुपैया बजेट छुट्याएको गाँउपालिकाकी उपाध्यक्ष सरला बोलाखेले बताउनुभयो ।बकैया गाँउपालिका मकवानपुरको दोस्रो बालमैत्री स्थानीय तह घोषणा हुने भएको हो ।यसअघि मकवानपुरको मनहरी गाँउपालिका बालमैत्री गाँउपालिका घोषण भैसकेको छ ।