हेटौंडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने

२५ माघ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ ।
आईतबार पत्रकार सम्मेलन गर्दे तेस्रो राष्ट्रिय बेटी सम्मेलन मुल आयोजक कमिटिकी संयोजक नजबुल खानले माघ २७ गते देखी २९ गते सम्म हेटौंडामा तेस्रो बेटी सम्मेलन हेटौंडामा हुने बताउनुभयो । मेची देखी महाकाली, हिमाल पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उदेश्यले सम्मेलनको आयोजना गरीएको संयोजक खानले बताउनुभयो । सम्मेलनमा करिब १५ लाख रुपँँैया खर्च हुने आयोजकले अनुमान गरेको छ । यसअघी प्रदेश नम्बर एकमा पहिलो बेटी सम्मेलन र प्रदेश नम्बर २ मा दोस्रो बेटी सम्मेलन सम्पन्न भैसकेको छ ।