बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गर्न अनुमती प्रदान

२५ माघ, हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरले बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणा गर्न अनुमती प्रदान गरेको छ ।
आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बसेको बैठकले बकैया गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषण गर्नं अनुमती दिएको हो । यस्तै बैठकले स्थानीयतह सहिद स्मृति गोल्डकप प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । यस्तै सहिद स्मृति राष्ट्रिय प्रतियोगीताका लागी हेटौंडा उपमहानगरपालिकाले १५ लाख, थाहा नगरपालिकाले १० लाख र ८ ओटै गाँउपालिकाले ५–५ लाख रुपैँया रकम सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।