हेटौंडा ५ मा रहेको माछा प्लान क्षेत्र फोहरमैलाको थुप्रोमा परिणत

२६ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाडाँ स्थित माछा प्लान वरीपरी फोहोरमैलाका कारण उपमहानगरपालिकाको सौन्दर्य नै बिग्रिएको छ ।
उपमहानगरपालिकाले हेटौंडालाई फुलैफुलको सहर बनाउने परिकल्पना गर्दे माछा प्लान वरीपरी दायाँ बायाँ सडकमा फुल रोपेको छ । फुलै फुलको सौन्दर्य र माछा प्लानको अवलोकन गर्न देनिक ५ सय भन्दा बढी मानिहरु त्यहाँ आउने गर्दछ । त्यहाँ आएका मानिसहरुले प्रयोग गरेको पानीका बोत्तल , खानेकुराका प्लास्टिक सर्बत्र रुपमा फ्यालेर फोहोर गर्ने गरेका छन् । सो क्षेत्र प्राकृतिक जलाशय मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्रको मातहतमा रहेका कारण उपमहानगरपालिकाले फेहोर ब्यबस्थापनमा काम अघि बढाउन नसकेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेश बाँनियाले बताउनुभयो । उहाँले मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्र संग फोहोरमैला ब्यबस्थापन गर्न समन्वय र ध्यानाकर्षण गराईरहेको बताउनुभयो । यता प्राकृतिक जलाशय मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्रले फोहोर ब्यबस्थापनकालागी राखिएको डस्टबिन त्यस क्षेत्रमा आउने मानिसहरुले फ्यालिदिएको बताएको छ । कर्मचारी अभाव भएको र केन्द्रका अन्य धेरै काम भएका कारण फोहोर ब्यबस्थापनमा समस्या भएको केन्द्रकी सुचना अधिकारी स्नेहा गिरीले बताउनुभयो । पर्यटकीय गन्तब्य बन्दै गएको रमणीय दृश्य देखिने माछा प्लान क्षेत्रको फोहोरमैला ब्यबस्थापनमा प्राकृतिक जलाशय मत्स्य प्रर्बद्धन एंवम् संरक्षण केन्द्रले उपमहानगरपालिका संग समन्वय गर्न जरुरी देखिन्छ ।