महिलाहरुलाई आत्मनिर्भरता तर्फ उन्मुख हुन मुख्यमन्त्री पौडेलको सुझाव

७ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले महिलाहरुले परनिर्भरतामुखी सोचलाई अन्त्य गर्दे आत्मनिर्भरता तर्फ उन्मुख हुनुपर्ने बताउनुभएको छ ।
प्रदेशको राजधानी हेटौंडामा आयोजित तेस्रो राष्ट्रिय बेटी सम्मेलनको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री पौडेलले महिलाहरु उत्पादन संग जोडिएर आत्मनिर्भता तर्फ उन्मुख हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो अधिकार प्राप्तिाका लागी आफुलाई कमजोर छु भन्ने मानसिकता अन्त्य गर्दै अघि बढ्न महिलाहरुलाई आग्रह गर्नुभयो । आसनमा महिला भाषणमा महिला शासनमा महिला भन्ने मुल नाराका साथ मंगलबारबाट सुरु भएको तेस्रो राष्ट्रिय बेटी सम्मेलन बिहिबार माघ २९ गते सम्पन्न हुने बताईएको छ ।