प्रहरी खरको छानोमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

२८ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशको सुरक्षा गर्ने प्रहरी नै खरको छानोमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
बुधबार हेटौँडा १५ रातोमाटे स्थित बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयको नवनिर्मित भवनको उदघाटन गर्दे मुख्यमन्त्री पौडेलले देशको सुरक्षा गर्ने प्रहरी नै खरकोछानामुनी बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।उहाँले दश वर्ष लगाएर गर्ने काम प्रदेश सरकारले एक वर्षमै सम्पन्न गर्ने अवधारणका साथ अघि बढेको बताउनुभयो । जस्ताले बारेको छाप्रो र खरले छाएको घरमा बस्न बाध्य प्रहरीलाई प्रदेश सरकारको बजेटमा सुविधा सम्पन्न पक्की भवन निर्माण गर्न काम भंैरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । बागमती प्रदेश सरकारको ४ करोड ३९ लाख २२ हजार ७ सय ११ रूपैयाँ लागतमा १६ कोठे ब्यारेक भवन निर्माण भएको हो । उद्घाटन कार्यक्रममा बागमती प्रदेश प्रदेशका प्रमुख सचिव मान बहादुर विके, आन्तरिक मामिला तथा कानुन मन्त्रलय सचिव मदन भुजेल, मध्यपृतना मुख्यालयका उपरथी अशोककुमार सिग्देल, बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार लामा, राष्ट्रिय अनुसन्धानका बागमती प्रदेशका निर्देशक सुमन बैद्य, मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर, शसस्त्र प्रहरी १४ नम्बर गण हेटौँडाका एसपी निरकृष्ण अधिकारी लगाएतकाको उपस्थिति थियो ।