बकैया देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा

२९ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका देशकै दास्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ ।
बिहीबार बकैया–४ को जुरेली चौरमा आयोजित कार्यक्रम मार्फत बकैया गाउँपालिकालाई बालमैत्री घोषणा गरिएको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गाउँपालिकालाई बालमैत्री भएको घोषणा गर्नुभएको हो । बालमैत्री घोषणा गर्न चाहिने सूचकहरु पुरा गरेपछि जिल्ला समन्वय समितिले गाउँपालिकालाई बालमैत्री घोषणा गर्न अनुमति प्रदान गरेको थियो । घोषणा कार्यक्रममा बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँ, बागमती प्रदेश सदस्य सन्तबहादुर चेपाङ, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विके, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल उपाध्यक्ष सरला बोलखे लगायत सामाजिक संघसंस्थाका प्रतिनिधि र विद्यार्थीहरुको उपस्थिती थियो ।