वार्षिक उत्सवको अवसरमा कर्मचारी, सामाजिक संघसंस्था र सञ्चारकर्मी सम्मानित

२९ माघ, हेटौंडा । बागमती प्रदेश सरकारको तेस्रो वार्षिक उत्सवको अवसरमा उत्कृष्ट कार्यगर्ने कर्मचारी सामाजिक संघसंस्था र सञ्चारकर्मीलाई सम्मान गरिएको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमुख आतिथ्यतो थियो । कार्यक्रममा प्रदेशका मन्त्रालयबाट उत्कृष्ट काम गर्ने कर्मचारीहरुमा प्रमुख सचिब मान बहादुर विके, पबागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक बसन्त लामा, सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाई, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका नवराज पुडासैनीलाई सम्मान पुरस्कार प्रदान गरिएको थियो । यस्तै संघसंस्थाका तर्फबाट मामाघर नेपालका अर्पण पराजुली, हर्नामाडी कला प्रतिष्ठानबाट हर्क रम्तेललाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल टेलिभिजन मकवानपुरका संबाददाता दिपेन्द्र रोक्कालाई नगद २५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । कार्यक्रममा सभामुख सानु कुमार श्रेष्ठ, भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद दुङगेल लगाएतकाको उपस्थिति थियो ।