बागमती प्रदेश सरकार र सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसवारीबिच सहकार्य

३० माघ, हेटौंडा । हृदयघातका बिरामीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न बागमती प्रदेश सरकारले सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र बाँसवारी संग सहकार्य गरेको छ ।
प्रदेश सरकारले दुर दराजका जिल्लामा रहेका ह्दयघात बिरामीलाई सहज एंवम् छिटो सुविधा प्रदान गर्न सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रसंग सहकार्य गरेको हो । ह्दयघात भएका विरामीलाई नजिकैको स्वास्थ संस्थामा तत्काल प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यका साथ प्रदेश सरकारसंग सहकार्य गरीएको सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र बाँसवारी निर्देशक डाक्टर चन्द्रमणी अधिकारीले बताउनुभयो । केन्द्रले प्रदेश सरकार मातहतका अस्पतालका चिकित्सक र नर्सलाई तालिमको ब्यबस्था गरी सेवा प्रदान गर्ने निर्देशक डाक्टर अधिकारीले बताउनुभयो । ह्दयघात हुँदा मुटुको भल्ब पुर्ण रुपमा बन्द हुने भएकाले ह्दयरोग केन्दले एन्जियोप्लास्टि प्रबिधिबाट उपचार गर्ने गरेको छ । तर प्रदेशका अन्य अस्पतालमा भने बन्द भएको मुटुको भल्बलाई तत्काल संञ्चालन गराउन औषधीको प्रयोग गरीने उहाँले बताउनुभयो । भौगोलिक अवस्थाका कारण ह्दयघात भएका बिरामीलाई गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्र सम्म तत्काल पु¥याउन नसकिने भएकाले प्रदेश सरकार मातहतका जिल्ला अस्पतालबाट नै ह्दयघातका बिरामीले प्राथमिक उपचार सेवा पाउनेछन् ।