मेची महाकाली सयुक्त बुहारी आवाजले हेटौंडामा दबाब मुलक प्रदर्शन गर्ने

१ फागुन, हेटौंडा । मेचीमहाकाली सयुक्त बुहारी आवाज मकवानपुरले हेटौंडामा दबाब मुलक प्रदर्शन गर्ने भएको छ ।
बलात्कार पछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको अपराधमा संलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन फागुन ५ गते दबाब मुलक कार्यक्रम आयोजना गरिएको अध्यक्ष कविता खरेल थापाले बताउनुभयो । हिसां पीडीत महीलाहरुलाई न्यायको अनुभुती दिलाउन संगठीत भएका मेचीमहाकालीकै बुहारीहरुको संयुक्त आवाजले समाजमा दण्डहीनताको अन्त्य गर्ने टेवा पुग्ने उहाँले दावी गर्नुभयो । हेटौंडाको बुद्धचोकमा फागुन ५ गते दबाब मुलक प्रदर्शनमा सहभागीताका लागि मेचीमहाकाली सयुक्त बुहारी आवाज मकवानपुरले समाजका सबै आम सर्वसाधारणलाई आग्रह गरेको छ ।