३ जिल्लाको बाणिज्य प्रशासन सम्बन्धी काम हस्तान्तरण

२ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारलाई उपत्यका ३ जिल्लाको बाणिज्य प्रशासन सम्बन्धी काम हस्तान्तरण गरिएको छ ।
प्रदेश सरकार स्थापना भएपछि पनि काठमाडौं उपत्यकाका ३ जिल्ला ब्यबसायीक फर्म वाणिज्य विभागले दर्ता गर्ने ब्यबस्था थियो । हस्तान्तरण पछि यो अधिकार विभागबाट घरेलु तथा साना उद्योग कार्यालय काठमाडा,ैं भक्तपुर र ललीतपुरमा सरेको छ । आईतबार एक कार्यक्रममा बिच उपत्यकाका ३ जिल्लाका वाणिज्य प्रशासन सम्बन्धी कार्य प्रदेश सरकारलाई हस्तान्तरण गरीएको थियो । प्रदेशका मुख्यमन्त्री एंवम् उद्योग पर्यटन वन तथा बातावरण मन्त्री डोरमणी पौडेल र वाणिज्य विभागका निर्देशक संग भिडियो कन्फ्रेन्स मार्फत हस्तान्तरण कार्यक्रम भएको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुखले एउटा वाणिज्य फर्म दर्ता गरी आइतबारबाटै सेवा सुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले जनताको घरदैलो बाटै सेवा दिने प्रयत्नमा जुटेको बताउनुभयो । उहाँले प्रदेश सरकारको आयस्रोतमा बृद्धि संगै संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिनुपर्छ भन्ने सन्देश प्रवाह हुने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मान बहादुर बिके, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर सिन्धु ढुङगाना लगाएतकाको उपस्थिति थियो ।