नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौंडामा विरोध प्रदर्शन गर्ने

२ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसले सत्तारुढ दल र उसबाट टुक्रिएको घटकले जस्तो सडकमा शक्ति प्रदर्शन गर्दै नहिड्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको पार्टीले घोषणा गरेको विरोधका कार्यक्रमको दोश्रोचरणको अन्तिम कार्यक्रम अघि पत्रकारहरुसँग कुरा गर्दै नेता बानियाँले नेपाली कांग्रेसले शक्ति प्रदर्शन चुनावमा देखाउँने बताएका हुन् । नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बानियाँयाले कांग्रेस प्र्रनिधिसभा पुनःस्थापनाको पक्षामा रहेको र सम्मानित अदालतको निर्णय पनि मान्ने भएकाले कम्युनिष्टहरुले जस्तो लोकतन्त्र र संविधानलाई खतरामा पारेर स्वार्थ केन्द्रीत भएर काम नगर्ने स्पष्ट पारे । नेता बानियाँले नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम असंबैधानिक र अलोकतान्त्रिक भएकाले विरोध गर्दै आएको बताए । उनले पार्टीले आयोजना गर्ने विरोध कार्यक्रममा सहभागिताका लागि आम सर्वसाधरणहरुलाई आग्रह समेत गरे ।पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका पार्टी प्रवक्ता प्रदिप कोइरालाले सोमबार हुने बिरोध कार्यक्रम अन्तर्गत १२ बजे पार्टी कार्यलयमा भेला भएर निस्कने विरोध ¥याली मानसचोक, लोकप्रिय भोजनालय हुँदै उद्योगवाणिज्य संघ चोकमा सभामा परिणत हुने जानकारी दिए । नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, सल्लाहाकार उमा दाहाल, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सुनिल दाहाल, सुनिल अधिकारी, प्रदेशसभाका क्षेत्रिय सभापति ताराप्रसाद लामिछाने, नगरासभापति आनन्दराम पराजुली लगाएतको उपस्थिति रहेको थियो ।