योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा वैदेशिक रोजगारीमा समस्या

३ फागुन, हेटौंडा । बैदेशिक रोजगारी तथा मानव बेचबिखन बिरुद्धको योजना तथा कार्यान्वयन सम्बन्धमा प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रम सोमबार हेटौंडामा भएको छ ।


सुरक्षीत आप्रवासनका लागि राष्ट्रिय संजालको आयोजनामा कार्यक्रम भएको हो ।कार्यक्रममा वैदेशिक रोजगारिमा गएका श्रमिकहरुलाई सहजीकरण गर्ने संस्था ईक्विडेन नेपालका कार्यकारी निर्देशक रामेश्वर नेपालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा निर्देशक नेपालले सरकारले बैदेशिक रोजगारीमा जाने कामदारका लागी विभिन्न योजना ल्याएपनि प्रभावकारी कार्यान्वय गर्न नसकेको बताउनुभयो ।उहाँले तीन तहको सरकार भएपनि संघीय सरकार ,प्रदेश सरकार र स्थानिय सरकारबीच समन्वय नहुँदा थप समस्या भएको बताउनुभयो ।कार्यक्रममा मकवानपुरमा रहेर बैदेशिक रोजगारीका क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।