बागमती प्रदेश सभाको बैठक बुधबार दिउँसो दुई बजे बस्ने

४ फागुन, हेटौैडा । फागुन ५ गते प्रदेश सभाको बैठक बस्ने गरी सूचना टाँसेर स्थगीत भएको बागमती प्रदेश सभाको बैठक बुधबार दिउँसो दुई बजे बस्ने भएको छ ।
विपक्ष दल नेपाली कांग्रेसले समेत प्रदेश सभाको बैठक बोलाउनुपर्ने बताएपछि सभामुख सानु कुमार श्रेष्ठलाई बैठक स्थगित गर्न थप समस्या हुने देखिएको छ । यसअघि माघ १९ गते सभामुखकै निर्देशनमा संसद सचिवले सूचना टाँसेर बैठक स्थगित गरेका थिए । बैठक स्थगित गरेको बिरोधमा दाहाल नेपाल समूहले संसद भवनमै नारावाजी गरेका थिए । बुधबार विहान कार्यव्यवस्था परामर्श समितीको बैठक राखेर मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्धको अविश्वासको प्रस्ताब बारे कसरी सदनमा प्रकृया अघि बढाउने भन्ने विषयमा छलफल हुने प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बानियाँले बताउनुभयो । मुख्यमन्त्री बिरुद्धको प्रस्ताब छलफल भए के गर्ने भन्ने विषयमा दलहरु बीच अझै टुङ्गो लागी सकेको छैन । प्रकृया अघि बढेपछि आवश्यक निर्णय लिने भन्दै नेपाली कांग्रेसले औपचारिक निर्णय नगर्दा प्रदेश सभामा प्रस्तुत मुख्यमन्त्री बिरुद्धको प्रस्ताब पारित हुने वा नहुने विषय अन्यौलमै छ ।