बागमती प्रदेशको प्रदेशसभा बैठक पुन स्थगित

५ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ ।
प्रदेशसभा बैठक आज २ बजेका लागि बोलाइएको थियो । मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल सुरू हुने जनाइएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा फागुन ५ गते बुधबार दिनको २ बजे बस्ने गरि निर्धारण गरिएको प्रदेश सभाको बैठक सभामूखले विशेष कारणले गर्दा अर्को सूचना नभए सम्मको लागि स्थगित गर्नु भएको जानकारि दिनुभयो । यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाईएको बैठक विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको थियोे ।