तौलपुल हटाउने निर्णयको बिरोध

१२ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सुरक्षा तथा ट्राफिक ब्यवस्थापन बैठकले पुरानो नारायणी यातायात कम्पनी प्रालीले सञ्चालनमा ल्याएको तौलपुल हटाउने निर्णय गरेको भन्दै कम्पनीले बिरोध जनाएको छ ।
कम्पनीले पत्रकार सम्मेलन गरी तौलपुल हटाउनु दुखद भएको बताएको हो । कम्पनीका अधयक्ष हिरालाल श्रेष्ठ र प्रबन्ध सञ्चालक सरोज खनालले बिज्ञप्ती जारी गरी तौलपुल हटाउँदा राजमार्ग जिर्ण बन्ने र राजमार्गमा बनेका पुलहरु समेत धरासायी हुने दावी गर्नुभयो । हेटौँडा उपमहानगरले धर्मकाँटा सञ्चालन तथा ब्यबस्थापन अन्तरिम मार्ग दर्शन २०७५ जारी गरी २०७५ माघबाट सञ्चालनमा ल्याईएको यो तौलपुल विनाकारण सञ्चालनमा रोक लगाईएको कम्पनीको दावी छ । तौलपुलबाट हुने आम्दानी सामाजिक क्षेत्रमै लगानी गरिएको भन्दै कम्पनीले आम्दानी खर्चको विवरण समेत सार्वजनिक गरेको छ ।