च्याउ विउ उत्पादन केन्द्रको उदघाटन

१३ फागुन, हेटौंडा । किसानहरु च्याउ खेतीतर्फ आकर्षित भईरहेका बेला उनीहरुलाई च्याउको बीउ उत्पादन गर्न च्याउ विउ उत्पादन केन्द्रको उदघाटन गरिएको छ ।
महिला सशक्तीकरण तथा गरीबी निवारण समुह नेपालको सहयोगमा बकैयाँ गाँउपालिकामा नमुना बीउ केन्द्र उद्घाटन गरिएको हो । बकैयाँ गाँउपालिको सात वडामा समुहले चलाएको कार्यक्रममा गाउपालिकालाई २५ लाख बराबरको कृषि सामाग्री समेत सहयोग गरिएको थियो । भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्ज लामाको प्रमुख आतिथ्तामा कार्यक्रम भएको हो । कार्यक्रममा बकैयाँ गाँउपालिका अध्यक्ष दामोदर खनाल विशेष अतिथी रहनुभएको थियो । यस्तै उपाध्यक्ष सरला बोलखे, समुहका संरक्षक रामचन्द्र अर्याल माइकल, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, यु एन डिपीका प्रदेश संयोजक धन बहादुर चन्द लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो कार्यक्रम महिला सशक्तीकरण तथा गरीबी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपाने अध्यक्षतामा सम्पन भएको थियो ।