बालबालिका डेढ महिनादेखी अध्ययन अध्यापनको अवसरबाट वञ्चित

१३ फागुन, हेटौंडा । वन क्षेत्रमा स्कुल निर्माण थालीएको भन्दै डिभिजन वन कार्यालय मकवानपुरले बकैया–१ ढिकिफेदीमा रहेको वनदेवी कालिका प्राथमिक विद्यालयको भवन भत्काएपछि यसक्षेत्रका बालबालिका डेढ महिनादेखी अध्ययन अध्यापनको अवसरबाट बञ्चीत भएका छन् ।

विद्यालय कहाँ बनाउने भन्ने विषयमा दुई गाउँबीचको वीवाद चलीरहेका बेला जिल्ला वन कार्यालयले बिद्यालय भवन भत्काएको हो । गत पुस २५ गते डिभिजन वन कार्यालय मकवानपुरले वन क्षेत्रमा विद्यालय बनाईएको भन्दै विद्यालय भत्काएको दाबी गरेको छ । वन क्षेत्रमा पटक पटक विद्यालय नबनाउन भनपनि बनाईएका कारण विद्यालय भत्काएको डिभिजन वन कार्यालय मकवानपुरका सुचना अधिकारी अच्युत उपाध्यायले बताउनुभयो ।यता आफ्ना बालबालिका पढ्ने लेख्ने अवसरबाट बञ्चीत भएको भन्दै स्थानीयले विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरिरहेका छन् । संबिधानले मौलीक हकका रुपमा राखेको शीक्षको हकबाट यस क्षेत्रका बालबालिका बञ्चीत भईरहेका छन् । उनीहरुको अधिकार सुनिश्चीत गर्ने सबै क्षेत्रबाट तत्काल पहल थालीनुपर्ने यहाँका अभिभावकहरु बताउँछन्