भुकम्पबाट क्षतिग्रस्त महेन्द्र माविको भवन शिलान्यास

१३ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले श्रम बजारमा बिक्न सक्ने दक्ष जनशक्ति निमार्ण गर्ने शिक्षा प्रणाली ल्याउनुपर्ने बताउनुभएको छ ।


भुकम्पका कारण पुर्णरुपमा क्षति भएको महेन्द्र माध्यामिक विद्यालय, पदमपोखरीको २१ कोठे भवनको बिहिबार शिलान्यास गर्दे मुख्यमन्त्री पौडेलले हरेक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक शिक्षालय संञ्चालन गरिनुपर्ने बताउनुभयो । श्रम बजारमा बिक्ने खालको शिक्षामा जोड दिनसके विद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने थलोकोरुपमा बिकास गरीनुपर्ने बताउनुभयो । विद्यालयले ज्ञान सिप दुबै दिनुपर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो । जाइकाको ऋण सहयोगमा पुननिर्माण प्राधिकरण अन्तर्गत जिल्ला कार्यान्वयन ईकाइ शिक्षामार्फत निर्माण २१ कोठे भवन भएको विद्यालयको पाँच करोड ३५ लाखको लागतमा निर्माण गरीने छ ।