संस्कृतिको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्दता

१५ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडेलले आफ्नो भाषा ,धर्म , संस्कृतिको पहिचान गर्दे त्यसको जर्गेना गर्न आफै सक्रिय हुनुपर्ने बताउनुभएको छ ।
नेवा गुठी खल मकवानपुरको प्रथम साधारण सभा एवंम् अभिनन्दन तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफ्नो धर्म र संस्कृतीको संरक्षण गर्दे समाजमा भाष धर्मको पहिचान दिलाउनुपर्ने बताउनुभयो । धर्म संस्कृतीको जर्गेना गर्न सरकारले आवश्यक सहयोग गर्ने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपालको समदर्भमा नेवा समुदाय धर्म र संस्कृतीको सन्दर्भमा सबैभन्दा धनी रहेको उहाँले बताउनुभयो । नेवा समुदायको धमृ र संस्कृति जोगाउन नेवा समुदाय ने सक्रिय हुनुपर्ने मुख्यमन्त्री पौडेलले तर्क गर्नुभयो । नेवा गुठी खल मकवानपुरले प्रथम साधारण सभाको अवसरमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई सम्मान गरेको थियो ।