परिस्थिति हेरेर कांग्रेस अगाडि बढ्छः शसांक कोईराला

१५ फागुन, हेटौंडा । नेपाली कांग्रेसका केन्दी«य महामन्त्री डाक्टर शसांक कोईरालाले नेकपा औपचारिक विभाजन नहुँदा सम्म नेपाली कांग्रेसले कसैलाई सहयोग नगर्ने निती लिने बताउनुभएको छ ।
नेपाली कांग्रेस सदनमा परिस्थती बिचार गरेर अघि बढ्ने उहाँले बताउनुभयो । शनिबार हेटौंडामा दिब्यतारा बहुदेश्यीय सहकारी संस्थाको २३ औ स्थापना दिवश र रेडियो मकवानपुरको ११ ओ वार्षिक उत्सवको सप्ताहब्यापी कार्यक्रमको समापन समाहरोहमा बोल्दै महामन्त्री कोईरालाले प्रधानमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताब आए परिस्थीती बिचार गरेर अघि बढ्ने दावी गर्नुभयो । उहाँले हालको राजनितिक अवस्थालाई गम्भिरतापुर्वक विचार गरेर मात्र कांग्रेस अघि बढ्ने बताउनुभयो । रेडियो मकवानपुरले ११ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहब्यापी कार्यक्रम समापन समारोहमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको थियो । यस्तै रेडियो मकवानपुरले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगितामा बिजेता टोली टिम टेलिभिजनलाई नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपबिजेता टोली रेडियो सन्देशलाई नगद ७ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।