स्वास्थ्य क्षेत्रमा उल्लेख्नीय काम गरेको छः मुख्यमन्त्री पौडेल

१६ फागुन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले स्वास्थ र शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभएको छ ।
आईतबार प्रदेश सरकारको तर्फबाट प्रदेशका ५ वटा जिल्ला अस्पताललाई एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्वास्थको क्षेत्रमा ठुलो फड्को मारेको दाबी गर्नुभयो । उहाँले प्रदेश भित्रका अस्पतालको स्तरोन्नती गर्दे नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको बजेटमा स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्र हेटौंडाले प्रदेशका ५ जिल्ला अस्पताल हेटौंडा अस्पताल, धादिङ अस्पताल ,त्रिशुली अस्पताल ,चौतारा अस्पताल र सिन्धुली अस्पताललाई ख वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो । प्रति एम्बुलेन्स २९ लाख २० हजारका दरले खरिद गरीएको ५ वटा एम्बुलेन्सको जम्मा लागत एक करोड ४६ लाख रहेको छ ।