क्याम्पाडाँडामा ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखियो

१६ फागुन, हेटौंडा । पक्की सडकमा सवारी दुर्घटना बढेपछि कान्तिलोकपथ अन्तर्गत हेटौंडा—५ क्याम्पाडाँडामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको छ ।


पक्कि सडकमा सवारी साधनको तिब्र गतीका कारण दुर्घटनाको जोखिम बढेपछि कान्तिलोक पथ अन्र्तगत हेटौंडा—५ क्याम्पाडाँडामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामुलक होडिङ बोर्ड राखिएको छ । करोडौँ लगानीमा निर्माण गरीएको पक्की सडकमा हिड्न रहर गर्ने सवारी यात्रुहरु अहिले डराउनुपर्ने अवस्था छ । वर्षौ पछि बनेको क्याम्पाडाँडामा पर्ने कान्तीलोकपथ बाटोमै पछिल्लो समय धेरैले ज्यान गुमाएका छन् । पक्की सडक भएकै कारणले गर्दा कान्तिलोकपथमा दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटना न्यनिकरण गर्नका लागी वडा कार्यालय संगको सहयोगमा सचेतनामु्लक वोर्ड राख्ने कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाले बताउनुभयो । चालु आर्थिक वर्ष २०७७÷०७८ सुरुवातदेखि हालसम्म कान्तिलोकपथ मार्ग अन्तर्गत बुद्धचोकदेखि चौघडासम्म १५ दुर्घटना भएको छ । जसमा एकजनाले ज्यान गुमाएका छनु भने, समान्य घाईते ८ जना, गम्भीर घाईते ७ जना र सवारी साधान क्षति २२ वटा भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङमा उल्लेख छ ।