नगरकप भलिबल प्रतियोगिता बुधबारदेखि हुने

१८ फागुन, हेटौंडा । हेटौंडामा भोलि फागुन १९ गतेदेखि नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा भोलिदेखि हेटौंडामा उक्त प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ हुप्राचौर खेलमैदानमा हुने उक्त प्रतियोगिता आगामी फागुन २२ गतेसम्म संचालन हुने आयोजकले मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहनेछ ।प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ५० हजार रुपैयाँ र ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, विधागत उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । कुल ६ लाख रुपैयाँ लागतमा संचालन हुने खेलमा हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार र प्रदेश खेलकुद विकास परिषद्ले ३० हजार रुपैयाा सहयोग उपलब्ध गराएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरि संकलन गर्नै आयोजकले जनाएको छ ।