फोहोर संकलन र ब्यबस्थापनको लागी साझेदारी पत्र हस्तान्तरण

१८ फागुन, हेटौंडा । बारा जिल्ला स्थित निजगढ नगरपालिका र हेटौंडाको ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालि बिच आज फोहोर संकलन र ब्यबस्थापनको लागी सोमबार साझेदारी पत्र हस्तान्तरण भएको छ ।
हेटौंडामा फोहोर ब्यबस्थापन गदै आएको ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालि र निजगढ नगरपालिका बिच ५ बर्षको लागी सम्झौता भएको हो । साझेदारी पत्रमा ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालिका अध्यक्ष नबराज खतिवडा र निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले एकअर्कालाई समझदारी पत्र हस्तान्तरण गर्नु भएको थियो ।साझेदारि पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालि हेटौंडामा फोहोर ब्यबस्थापनमा अहम भुमिका खेल्दै आएको र सफा शहरको रुपमा अगि बढाई रहेको आफुले नजिकबाट देखेको भन्दै निजगढ नगरपालिकालाई पनि सफा नगरको रुपमा चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने बिस्बास लिएको बताउनु भयो । कार्यक्रममा बोल्दै ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रालिका अध्यक्ष नबराज खतिवडाले निजगढ नगरपालिकाको हेटौंडा उपमहानगरपालिका भन्दा कम जनघनत्व रहेको भन्दै निजगढ नगरपालिका सग सहकार्य गर्दै अघि बढदै र सफा सहरको रुपमा चिनाउन आफु लाग्ने प्रतिवद्ता व्यक्त गर्नुभयो । साझेदारि पत्र हस्तान्तरण कार्यक्रममा निजगढ नगरपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कि , नगरपालिकाका कर्मचारिहरु लगाएतको उपस्थिति रहेको थियो ।