सडक स्तरोन्तीको काम तोकिएको समयमै सम्पन्न हुन्छः मन्त्री फुयाँल

१८ फागुन, हेटौंडा । भिमफेदी कुलेखानी काठमाडौ सडक स्तरोन्तीको काम तोकिएको समयमै सम्पन्न गर्ने बागमती प्रदेशका भैतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयाँलले दाबी गर्नुभएको छ ।
सोमबार भिमफेदी कुलेखानी काठमाडौ सडक अन्र्तगतको सडक स्तरोन्नतीको निरिक्षण गर्दे मन्त्री फुयाँलले संघीय राजधानी काठमाडौ बाट प्रदेश राजधानी आवत जावत गर्ने सबैभन्दा छोटो मार्ग भिमफेदी कुलेखानी सडक खण्ड भएको बताउनुभयो । उहाँले सडक साघुरो भएका कारण यात्रुहरुले भोग्नुपरेको समस्यालाई समाधान गर्न प्रदेश सरकाले सडक स्तरोन्नतीको काम अगाडी बढाईएको बताउनुभयो ।भिमफेदी देखी चकमके देउराली सम्म ८ किलोमिटर सडक निर्माणको जिम्मा मोतिदान रायमाझी जेभिले पाएका छन् । ८ किलोमिटर सडक निमाणका लागी प्रदेश सरकारसंग १७ करोड रुपैंयाको लागतमा सम्झौता गरेका छन् । यस्तै चकमके देउराली देखी कुलेखानी सम्म ७ किलोमटर सडक निर्माणको जिम्मा मोतिदान एक बि ए जेभिले पाएका छन् । ७ किलोमिटर सडक निमाणका लागी प्रदेश सरकारसंग १५ करोड रुपौयाको लागतमा सम्झौता गरेका छन् ।