माउन्टेन बाइक च्याम्पियनशीप प्रतियोगितामा सुजन रानामगर प्रथम

१९ फागुन, हेटौंडा । हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन बुधवार हेटौंडामा माउन्टेन बाइक च्याम्पियनशीप प्रतियोगिता भएको छ ।
जेसीज २०२१ का अध्यक्ष लिसन बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर खेलकुद विकास समितीका अध्यक्ष सानु लामाको प्रमुख अतिथ्यता थियो । माउन्टेन बाइक च्याम्पियनशीप प्रतियोगितामा सुजन रानामगरले १९ मिनेट ३८ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै प्रथम हुन सफल भए । प्रतियोगितामा एलिन महर्जनले २० मिनेट ३२ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै दोस्रो भए । यस्तै लक्ष्मण मल्लले २२ मिनेट २७ सेकेन्डमा निर्धारीत दुरी पार गरे । उनले तेस्रो स्थान हासिल गर्न सफल भए । कार्यक्रममा प्रथम हुनेले नगद रु ९ हजार रुपँैया सहित प्रमाण पत्र प्राप्त गरेका थिए । यस्तै दोस्रो हुनेले नगद ६ हजार रुपैयाँ सहित प्रमाण पत्र र तीतृय हुनेले नगद तीन हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।