वातावरण प्रदुषित गर्न नपाईने नियमको शिवमले पालना गरेन

१९ फागुन, हेटौंडा । उद्योग कलकारखानाले वातावरण प्रदुषित गर्न नपाईने कानूनी ब्यवस्था विपरित शिवम् सिमेन्ट उद्योगले चिम्नीबाट जथाभावी धुलो उडाएर वातावरण प्रदुषित गरिरहेको छ ।


सिमेन्ट उद्योगले धुलो नियन्त्रण गर्न आधुनिक प्रबिधी जडान गरी जनस्वास्थ्यको संरक्षणमा जोड दिनुपर्ने हो । तर उद्योगले यहाँका स्थानीय प्रशाशकहरुलाई रिझाएर जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको छ । उद्योगले धुलो उडाउँदा हेटौँडा उपमाहानगरपालिका १६, १७, १८ र ६ नम्बर वडाका स्थानीय बासिन्दा समस्यामा छन् । उद्योगले खुल्ला रुपमा वातावरण प्रदुषित गर्दा स्थानीयले यसलाई रोक्न पटकपटक आग्रह गरिरहेका छन् । तर स्थानीयका समस्यालाई प्रशासन संयन्त्रले वेवास्ता गर्दै आएको छ । उद्योगले धुलो उडाउँदा एकातर्फ यस क्षेत्रका सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ भने अर्को तर्फ यहाँका स्थानीयले लगाएको बालीनालीलाई समेत असर गरिरहेको छ ।