हेटौंडा अस्पतालमा कार्यरत दुई चिकीत्सकलाई स्पष्टीकरण सोधियो

१९ फागुन, हेटौंडा । हेटौंडा अस्पतालमा कार्यरत दुई चिकीत्सकलाई स्पष्टीकरण सोधीएको छ ।
चिकीत्स बुद्धीराज पाण्डे र साजीद अन्सारीलाई अस्पताल प्रशासनले स्पष्टीकरण सोधेको हो । डाक्टर साजीद अन्सारी अस्पताल समय नै छाडेर निजी क्लिनीकमा गएको भेटीएपछि उनलाई स्पष्टीकरण सोधीएको हो । यस्तै अर्का डाक्टर बुद्धीराज पाण्डेले भने अस्पतालकै फार्मेसीमा प्राप्त हुने औषधि समेत निजी क्लीनीकमा लिनु भन्दै बिरामी र बिरामीका आफन्तलाई भन्ने गरेको सर्वसाधारणको गुनासोको आधारमा स्पष्टीकरण लिईएको अस्पताल प्रशासनले जनाएको छ ।