हेटौंडा अस्पतालमा फिल्टर सहीतको पीउने पानी ब्यवस्थापन

२० फागुन, हेटौंडा । स्प्याल्स नेपाल संस्थाको सहयोगमा हेटौँडा अस्पतालमा फिल्टर सहीतको पीउने पानी ब्यवस्थापन गरिएको छ ।
अस्पतालको तीनै तलामा शुद्ध पीउने पानीको ब्यवस्थापन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर प्रबीण श्रेष्ठले बताउनुभयो । अस्पताल आफैले ब्यवस्थापन गरेको डीप बोरिङको मोटर बिग्रीएको र पानीको पाइपमा खीया लागेकाले पानीको समस्या थियो । मर्मतका लागि अस्पताल विकास समितीले सातलाख बजेट छुट्याएको थियो । तर स्प्याल्स नेपाल र नयाँ भवन निर्माण गरिरहेका निर्माण ब्यवसायीले सहयोग गरेर अस्पतालको लगानी विना नै तीनै तलामा पीउने पानीको ब्यवस्थापन भएको हो । अस्पतालमा शुद्ध पानीको ब्यवस्थापन भएसंगै बिरामी, बिरामीका कुरुवा र अस्पतालका चिकीत्सक सहीत स्वास्थ्यकर्मीहरुले सहज रुपमा पानी पीउन पाउने भएका छन् ।