लिङ्ग परिवर्तन गरि लोच्चनले महिलाको नाममा नागरिकता लिए

२० फागुन, हेटौंडा । अत्याधुनिक प्रबिधीको प्रयोग गर्दै थाईल्याण्ड गएर लिङ्ग परिवर्तन गरेकी मकवानपुरकी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छिन् ।


१४ वर्ष अघि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले बुधबार महिलाका नाममा नागरिकता लिएकी हुन् । मकवानपुरको बकैया गाउँपालिका वडानम्बर–३ की ३१ वर्षीया लोप्चनले १४ वर्षअघि सञ्जीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गरेकी हुन् । आफू पुरुष भए पनि महिला सरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेको उनले बताईन् । नागरिकता संसोधन गर्न पाईने कानुनी प्राबधान बमोजिम उनले नागरिकता परिवर्तन गरेकी हुन् ।