जीर्ण र साँघुरो सडक नै दुर्घटनाको प्रमुख कारणः ट्राफिक

२० फागुन, हेटौंडा । जीर्ण र साँघुरो सडक, यान्त्रिक पक्षिण विना खुलेआम सञ्चालन भईरहेका सवारी साधन गुडिरहने राजमार्गमा दुर्घटना हुनेक्रम बढेको छ ।


त्यसमाथि चालकको लापरवाही, मदिरा र लागुऔषध सेवन गरी सवारी हाक्ने प्रबृत्ति दुर्घटनाका मुख्य कारण हुन् । चालक अनुमतिपत्र नविकरण गर्दा चालकको स्वास्थ्य परिक्षण रिपोर्ट अनिवार्य लिनुपर्ने व्यवस्था भएपनि चिकीत्सकले परिक्षण नै नगरी यस्ता रिपोर्ट दिने प्रबृत्ति दुर्घटनाका मुख्य कारण हुन् । राजमार्गमा हुने चेकिङ समेत दुर्घटना न्युनिकरण भन्दा राजस्व असुलीमा केन्द्ीत भईरहँदा दुर्घटना बढेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरको तथ्याङक अनुसार चालुआर्थिक वर्ष २०७७ श्रावण महिनादेखी माघ महिनासम्म साना ठुला गरी १ सय १५ वटा दुर्घटना भएको छ । ६ महीनायता भएको दुर्घटनामा २९ जना मुत्युभएको छ । एकसय सय १८ जना गम्भिर घाईते भएका छन् भने एकसय ७१ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । दुर्घटनाको अवस्था भयावह बनेपनि यसलाई रोक्न सरोकारवाला सबै निकाय सचेत नभईदिँदा दुर्घटना बढीरहेको छ ।