कोभिड १९ बिरुद्धको खोप लगाउन सर्वसाधारणलाई आग्रह

२१ फागुन, हेटौंडा । कोभिड १९ बिरुद्धको खोप लगाउन सर्वसाधारणलाई जिल्ला खोप समन्वय समिती मकवानपुरले आग्रह गरेको छ ।


शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै खोप कार्यक्रममा सहभागी हुन समन्वय समितीले सर्वसाधारणलाई आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यलयका प्रमुख ए्वम कोभिड १९ रोग विरुद्धको खोप अभियानका संयोजक प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले खोप कार्यक्रमलाई सफल बनाउन आम सर्वसाधारण र सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो । प्रजिअ रिजालको सभाध्यक्षतामा पत्रकार सम्मेलन गरिएको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य निर्देशनलाय अधिकृत कुमार उपाध्यायले यो खोपका नकारात्मक टिक्का टिपपणीको पछि नलाग्न आग्रह गर्नुभयो । कोभीड नाइन्टिन सरुवा रोग भएकाले सबैले अनिवार्य यो खोप लगाउनुपर्ने उहाँले बताउनुभयो । पहीलो चरणमा मकवानपुरमा २ हजार १ सय ६६ जनाले यो खोप लगाएका छन् । तीन हजार तीनसय ८४ जनालाई यो खोप दिने लक्ष्य राखीएको थियो । दोस्रो चरणमा १७ हजार पाँचसय जनालाई खोप लगाउने लक्ष्य राखीएको छ ।