५० हजार घुससहित सब इञ्जिनियर लामिछाने पक्राउ

२१ फागुन, हेटौंडा । बागमती प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको पर्यटन विकास आयोजनामा कार्यररत सब इञ्जिनियर नेत्र लामिछाने ५० हजार रुपैया घुससहित पक्राऊ परेका छन् ।
सबइञ्जिनियर लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले घुस रकम सहीत पक्राउ गरेको हो । धादिङको खनियाँबासमा आर्थिक बर्ष २०७५–७६ को विकास आयोजनाका लागि उपभोक्ता समितिले राखेको धरौटी रकम फिर्ता लैजाने क्रममा उनले सो रकम घुस लिएका थिए । पक्राऊ परेका लामिछानेलाई थप अनुसन्धान तथा कार्वाहीका लागि काठमाडौं लैजाने तयारी गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले जनाएको छ । अख्तीयारले स्ट्रीङ अप्रेशन गरी लामिछानेलाई कायाृलयबाटै पक्राउ गरेको हो ।