आग्रह पुर्वाग्रह राखेर पत्रकारिता गर्नु भएनः मुख्यमन्त्री पौडेल

२२ फागुन, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकारले आग्रह पुर्वाग्रह राखेर पत्रकारीता गर्नु नहुने बताउँनुभएको छ ।
उहाँले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारीता क्षेत्रले देश र जनताको उन्नती र प्रगति लक्ष्य मानेर कलम चलाउँनुपर्ने बताउँनुभयो । प्रेस संगठन नेपाल मकवानपुरको ओली समुहको जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले नेपाल सरकारको सम्बृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको निम्ती पत्रकारीता क्षेत्रले आफनो भुमिका बढाएर राज्यलाई सहयोग गर्नुपर्ने बताउँनुभयो । कार्यक्रमका अवसरमा मुख्यमन्त्री डोरमणी पौडेलले पत्रकार महासंघले सुरु गरेको जेष्ठ पत्रकार पेन्सन कोषमा प्रदेश सरकारका तर्फबाट ५ लाख सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रेस संगठन मकवानपुरका संयोजक धर्मेन्द्र दाहालको सभाध्यक्षतामा भएको भेलामा संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सदस्य जुनेली श्रेष्ठ, नेकपा ओली समुह मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष मनोज ढोडरी, सञ्चारिका समूह बागमती प्रदेश संयोजक सरिता दाहाल, संगठन बागमती प्रदेश सह–संयोजक प्रकाश दाहाल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज), प्रेस संगठन बागमती प्रदेश सदस्य कुमार नेगी लगायले मन्तव्य व्यक्त गर्नुभएको थियो ।