महिला पत्रकारहरुको स्थायीत्वको लागी सहकार्य गर्न उपमहानगर तयारः उपमेयर लामा

२३ फागुन, हेटौंडा । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) मकवानपुरले १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा महिला पत्रकारहरुको अवस्था विषयका अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
क्रियाशिल पत्रकार महिला (डब्लु.डब्लु.जे) की जिल्ला उपाध्यक्ष शुभलक्ष्मी विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा ह्ेटौडा उपमहानगरपलिकाको उपप्रमुख मिना कुमारी लामाको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख मिना कुमारी लामाले मकवानपुरमा महिला पत्रकारहरुको संख्या पहिलेको तुलनामा बढि भएता पनि अझै महिला पत्रकारहरु संशक्त रुपमा अघि आउनुपर्ने धारणा राख्नुभएको थियो । त्यसैगरी उहाँले हैटौंडा उपमहानगरपालिका महिला पत्रकारहरुको क्षमता बिकास र महिला पत्रकारहरुको स्थायीत्वको लागी सहकार्य गर्न तयार रहेको बताउँनुभयो । कार्यक्रममा मकवानपुरमा महिला पत्रकारहरुको अवस्था विषयमा संस्थापक अध्यक्ष रन्जिता डंगोलले कार्यपत्र पस्तुत गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष नानीमैया कार्की सम्झाना, मकवानपुरका अध्यक्ष हरि हुमगाई, पूर्व अध्यक्ष, राममणि दाहाल, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस संगठन नेपाल ओली समूहका मकवानपुर संयोजक धर्मेन्द्र दाहाल, प्रेस संगठन नेपाल दाहाल–नेपाल समूहकी मकवानपुर संयोजक अन्जली थापा लगाएतले धारण राख्नुभएको थियो ।