नेकपा एमाले मकवानपुरको अध्यक्ष म हुँः मुनु सिग्देल

२४ फागुन, हेटौंडा । नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा सोमबार अध्यक्ष एकलाल श्रेष्ठ पदस्थापित भएसंगै मुनु सिग्देलले आफु अध्यक्ष भएको दावी गर्नुभएको छ ।


नेकपा एमालेबाटै निर्वाचन लडेर जिल्ला अध्यक्षसहित आफु प्रदेशसभा सदस्य भएको सिग्देलको दावी छ । अदालतको फैसलाले केपी ओली तत्कालिन नेकपा एमालेको अध्यक्ष हुनुभयो । पार्टी एकिकरणअघिसम्म आफुले एमालेको जिल्ला अध्यक्ष भएर पार्टी चलाएको सिग्देलको भनाई छ । केही पार्टी फुटाउन चाहानेहरुले अदालतको फैसला पछि खुशी मनाइरहेको भन्दै सिग्देलले आफुहरु पार्टी एकताको पक्षमा रहेको दावी गर्नुभयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टिका कारण नेकपा दुई खेमामा विभाजित भएको उहाँको तर्क छ ।