नेकपा एमाले मकवानपुरको पार्टी कार्यालय पुनः सञ्चालनमा

२४ फागुन, हेटौंडा । हेटौंडाको पुष्पलाल पार्क स्थित नेकपा एमाले मकवानपुरको पार्टी कार्यलय पुनः सञ्चालनमा ल्याईएको छ ।
आज बिहान नेकपा एमालेको नेता तथा कार्यकर्ताको उपस्थितिमा पार्टी कार्यलय खोलिएको हो । केहि महिना अघि नेकपा प्रचण्ड–नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम पार्टी कार्यलयमा गर्न थालेपछि पार्टी कार्यलयमा ताला लगाईएको थियो । आईतबार सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अमान्य फैसलाबदर गरिदिएको छ । सर्वोच्च अदालतले फैसलामा साविककै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी, लेलिनवादी र नेकपा माओवादी केन्द्रको नाम नै रहने जनाएको छ । २०७३ सालको जेठ तीन गतेअघि निर्वाचन आयोगमा दर्ता भएको आधारमा ओली र प्रचण्डको साविककै पार्टी अर्थात् नेकपा एमाले र माओवादी केन्द्र बिउँतिने सर्वोच्चको फैसलामा उल्लेख छ । त्योबीचमा दर्ता भएका एमाले र माओवादी केन्द्रको नाममा पछि दर्ता भएका दलहरुको दर्ता स्वतः खारेज हुने बताईएको छ । सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यलय खोलिएर नियमित कार्यहरु सूचारु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरुको भनाई छ ।