हेटौँडा उपमहानगर क्षेत्रका अस्त व्यस्त तार व्यवस्थित गरिँदै

२५ फागुन, हेटौंडा । हेटौँडामा विजुलीको पोलमा अनियन्त्रित किसिमले राखिएको इन्टरनेट, केबुल र टेलीफोनको तारहरु मंगलबारबाट ब्यवस्थित बनाउन सुरु गरिएको छ ।


देशकै हरियाली र सुन्दर शहरको रुपमा परिचित हैटौंडा शहर केही समययता अनियन्त्रित किसिमले विजुलीको पोलमा राखिएको इन्टरनेट,केबुल र टेलीफोनको तारहरु यत्रतत्र छरिएको हुँदा सहरको सौन्र्दयतामा कमी आईरहेको भन्दै तारहरु ब्यवस्थित पार्न सुरु गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडानम्बर २ स्थित बागमती प्रदेश मुख्य मन्त्री कार्यलय अगाडीबाट तारहरु ब्यवस्थित बनाउन सुरु गरिएको हो । बिना योजना भईरहेको शहरी विकास र पुर्वाधार निर्माणको क्रममा सडक छेउ राखिएको तारहरुलाई कसरी व्यवस्थित गर्ने र विकास निर्माण गर्ने भन्ने कुरा शहरी विकास योजनामा पर्न नसक्दा हेटौडा सहरको सौन्दर्यतामा कमी आईरहेको थियो । हेटौंडा उपमहानगरपालिकाले विभिन्न इन्टरनेट ,केबुल र टेलीफोनका सस्ंथाहरुसगं सहकार्य गरि प्रयोगमा नआएका पुरानो तारहरु हटाउने र आवश्यक तारहरु ब्यवस्थापन गर्ने कार्य गरेको हो ।