आयोजक मकवानपुर ११ को विजयी सुरुवात

२७ फागुन, हेटौंडा । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको स्थानीय तह सहीद स्मृती गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आयोजक मकवानपुर ११ ले विजय सुरुवात गरेको छ ।
तेस्रो संस्करणको उपाधि रक्षा गर्ने अभियानमा रहेको आयोजकले नव जनजागृति युवा क्लब सिमरालाई ४–१ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको हो । मकवानपुरको तर्फबाट विमल रानाले दुई, रञ्जन विष्ट र अमिर श्रेष्ठले एक÷एक गोल गरेका थिए । सिमराको तर्फबाट एक गोल मोहित गुरुङले गरेका थिए । खेलको म्यान अफ दी म्याच विमल राना घोषित भए । उनले नगद दशहजार रुपैया“ प्राप्त गरे । प्रतियोगिताको उद्घाटन हा“स्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गरेका थिए । प्रतियोगिता अन्तर्गत् शुक्रबार नेपाल आर्मी क्लब र जावलाखेल युथ क्बलबीच खेल हुनेछ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफसलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार जित्नेछन् ।