शहीद स्मृति गोल्डकपः ट्राइब्रेकरमा आमी बिजयी

२८ फागुन, हेटौंडा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा जित निकालेको छ ।

शुक्रबार भएको खेलमा विभागीए टोली नेपाल आर्मी क्लबले जाउलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । निर्धारित समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेल खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । आर्मीको जितका लागी टाइब्रेकरमा आर्मीका लागी बिकास तामाङ, दीपक गुरुङ, शेषेहाङग् आङदम्बे, र टंक बस्नेतले गोलग गरे । यस्तै जावलाखेल युथका तर्फबाट रुपबहादुर लामा र फोडे फोफानाले गोल गरेपनि भिडाल लुइस र राजेन्द्र्र रावलको प्रहार आर्मीका गोलकिपर विश्वास चौधरीले रोकेका थिए । खेलको म्यान अफ दी म्याच आर्मीको जितका लागी उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर विश्वास चौधरी घोषित भए । उलने नगद दशहजार रुपैया“ प्राप्त पुरस्कार गरेका छन् । मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा आयोजना भएको तेस्रो संस्करणको फुटबल प्रतियोगिताअन्तर्गत शनिवार नेपाल पुलिस क्लब र संकटाबीच खेल हुने छ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विदेशीसहित छ वटा ए डिभिजन, आयोजक र दुईवटा मोफासलका क्लब गरी दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेता टिमले ५ लाख पुरस्कार प्राप्त गर्ने छन् ।