सिआन मकवानपुर कलाकारिता अवार्ड कार्यक्रम हुने

२९ फागुन, हेटौंडा । थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुर्नस्थापना केन्द्रको सहआयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ ।
श्निबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत कला केन्द्रको स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको हो । कोरोनाका कारण स्थगन भएको अवार्ड आउँदो जेठ ९ गते गर्ने गरि तयारी सुरु गरिएको जानकारी दिएको हो । । कलाकारिताको विकासमा निरन्तर लागिरहेको थाहा कला केन्द्रले मकवानपुर जिल्लाभरी रहेका कलाकारहरुलाई प्रोत्साहन गर्ने मूल उद्देश्यले अवार्डको कार्यक्रम राखेको कला केन्द्रका अध्यक्ष सानोवावु मुक्तानले बताउनु भयो । उहाँले विभिन्न समयसिमा निर्धारण गर्दै कलाकारलाई हौसला स्वरुप स्वावलम्वि बन्ने प्रयास स्वारुप ३१ बिधामा कलाकारिता अवार्ड र ११ विधामा रिकभरी अवार्ड प्रदान गर्न लागेको बताउनु भयो । यसैगरी साहित्य तथा पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै ५ जना सर्जक र १२ जना पत्रकारलाई सम्मान गर्न लागेको जानकारी समेत जानकारी दिनु भयो । यसैगरी मकवानपुर जिल्लामा जन्म भई राष्ट्रिय रुपमा ख्याति प्राप्त गर्न सफल व्यक्तिहरु केदार घिमिरे (माग्ने बुढा), विष्णु सापकोटा (हर्के हल्दार), चेतन सापकोटा, राजेन्द्र खड्गी, निता ढुंगाना, लक्ष्मण शेष लगायतका कलाकार सम्मानित हुनेछन् भने निष्पक्ष पत्रकारिता गरिरहेका १२ पत्रकारहरु पनि सम्मानित हुनेछन् जानकारी पत्रकार सम्मेलनमा जानकारी दिएको हो । कार्यक्रम थाहा नगरपालिकाको पालुङ जेसिज हलमा हुने र सो कार्यक्रममा अनुमानित लागत ११ लाख खर्च हुने कार्यक्रम संयोजक भुपेन्द्र राना मगरले जानकारी दिनु भयो ।