कम्युनिस्ट र कांग्रेस दुवैले जनतालाई धोका दिएः अध्यक्ष थापा

२९ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट सरकारले जनताको विश्वासमाथी कुठाराघात गरेको बताउँनुभएको छ ।


शनिबार हेटौंडामा आयोजित पार्टीको नगरपरिषद बैठकमा बोल्दै अध्यक्ष थापाले कम्युनिष्टहरुबाट धेरै अपेक्षाका साथ दुईतिहाई दिएका जनताले भ्रष्टाचार, बलात्कार, बेथिती, वेरोजगारी भन्दा अरु केही नपाएको आरोप लगाउँनुभयो । उहाँले जनताको समस्या समाधान तर्फ भन्दापनि कम्युनिष्ट पार्टीहरु सत्ता, पद र पैशाको पछि लागेर जनतामाथी विश्वास घात गरेको बताउनुभयो । यसैगरी अध्यक्ष थापाले नेपाली कांगे्रसलाई जनताले ५ वर्षको लागी प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भएपनि सरकारले गरेको गलत निर्णय र कृयाकलापको विरुद्ध बोल्न नसकेको आरोप लगाउँनुभयो । अध्यक्ष थापाले कम्युनिस्ट र कांग्रेस दुवैले जनतालाई धोका दिएको भन्दै राप्रपाको नेतृव्वमा सरकार बन्ने स्थिति नहुँदासम्म देशमा अस्थिरता, अजारकता र भ्रष्टचारको श्रृखला नरोकिने दावी गर्नुभयो ।