स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
अर्थ

लकडाउनको कारण उद्योगको उत्पादनमा कटौती, दैनिक ३ करोड राजस्व घाटा



अर्थ   118 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ बैशाख १४ आइतवार  


लक डाउनका कारण हेटौँडा औद्योगिक क्षेत्रका उद्योगले उत्पादन कटौती गरेका छन् । औद्योगिक क्षेत्र भित्र रहेका एकसय ११ वटा उद्योग मध्य २२ वटा उद्योग मात्रै आंशीक रुपमा सञ्चालन भईरहेका छन् । जसका कारण देशले दैनिक ३ करोड राजस्व गुमाई रहेको छ ।

लकडाउनको कारण उद्योगको उत्पादनमा कटौती, दैनिक ३ करोड राजस्व घाटा

हेटौंडा औद्योगिक क्षेत्रमा रहेका २२ वटा उद्योग आंशीक रुपमा सञ्चालन हुँदा ६ दशमलब ६६ प्रतिशत औद्योगिक उत्पादन भईरहेको छ । औद्योगिक उत्पादनमा हस आउँदा दैनिक ३० करोड मुल्य बराबरको कुल उत्पादन नोक्सान भईरहेको हेटौँडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले जनाएको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमीटेड औद्योगिक क्षेत्रमा कामगर्दै आएका चारसय ५० जना दैनिक ज्यालादारीका मजदुरले रोजीरोटी नै छाड्नु परेको छ । सप्लायर्स मार्फत कामगर्दै आएका ३ सय ५० मजदुरले समेत अहीले औद्योगिक क्षेत्रबाट रोजीरोटी गुमाएका छन् । उद्योग मार्फत नै काम गर्दै आएका ३५ सय मजदुरलाई बैशाख महीनादेखि काम गरेको दिनको मात्रै तलब दिने ब्यवस्था मिलाउन उद्योगीहरुले सरकारसंग आग्रह गरिरहेका छन् । मजदुरहरुको जनजीवीकालाई प्रभावित नहुनेगरी नितीगत निर्णय गरेरै समस्या समाधान गर्न मजदुरहरुले सरकारसंग माग गरेका छन् । लक डाउनका कारण कच्चा पदार्थको सहज आयात हुन नसक्नु र मजदुरहरु समेत संक्रमक रोग फैलन डरले उद्योगमा आउन नचाहादा उद्योग कलकारखाना लामो समय बन्द भएका छन् । चर्को बैंक ब्याज र लामो समय उद्योग नचल्दा समस्या झेलीरहेका उद्योगी र त्यसमा आश्रीत मजदुर दुबैको समस्या समाधान हुने गरी नितीगत निर्णयबाट समधान खोजिनु पर्ने सरोकारवालाले बताएका छन् । 










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top