स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
अर्थ

लकडाउन पछिको एक हप्तामै २ करोड राजस्व संङकलन



अर्थ   15 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ आषाढ ९ मंगलवार  


यातायात ब्यबस्था सेवा कार्यालय हेटौँडाले लकडाउन पछि असार १ गतेदेखी सरकारी कार्यालयहरु खुले पछि एक हप्तामै २ करोड १६ लाख ५१ हजार दुई सय अठ्ठाईस रुपाँैया राजस्व संङकलन गरेको छ ।

लकडाउन पछिको एक हप्तामै २ करोड राजस्व संङकलन

बागमती प्रदेश सरकारले असार १ गतेको बजेट बक्तब्यमै लकडाउन अवधिभरीको सवारीकरको जरीवानामा छुट दिने घोषण गरेको थियो । असार २ गतेदेखी यातायात सेवा  कार्यालय हेटौडामा सवारी कर बुझाउने सेवाग्रहीको चाँप बढेको थियो । आयकर ,सवारी दस्तुर ,सवारीकर र सवारीचालक अनुमतीपत्र नविकरण लगाएतका शिर्षकमा २ करोड १६ लाख ५१ हजार दुई सय अठ्ठाईस रुपाँैया राजस्व संङकलन भएको हो ।कोरोना जोखिमबाट बच्न कार्यालय प्रवेश गर्ने सेवाग्रही तथा कर्मचारीलाई सुरक्षा सतर्कता अपनाएर मात्र प्रवेश गराईएको यातायात ब्यबस्था सेवा कार्यालय हेटौँडाका निमित्त कार्यालय प्रमुख सुरेश चँपाईले बताउनुभयो ।उहाँले सवारीचालक अनुमतीपत्र वितरण प्रकृया भने तत्काल सुचारु नहुने जानकारी दिनुभयो ।कर्मचारी अभावका कारण एक सिफ्टमै कार्यालय संञ्चालन गर्नुपर्ने बाध्यता समेत रहेको  निमित्त प्रमुख चँपाईले बताउनुभयो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top